१३ बैशाख २०८१, बिहिबार

पारा राष्ट्रिय च्याम्पियनसिप आजदेखि


Nepalpatra

१७ मङ्सिर, काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकूदच्याम्पियनसिप आजदेखि लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा शुरु हुँदैछ । प्रतियोगितामा पारासँग सम्बन्धित विभिन्न १८ खेलको प्रतिस्पर्धा हुने पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप व्यवस्थापन समितिका सदस्य–सचिव मीनकुमार शर्माले जानकारी दिनुभयो ।

एक महीनाको अवधिमा सम्बन्धित खेल सङ्घले प्रतियोगिता सम्पन्न गर्नुपर्नेछ । प्रतियोगितामा एक हजार एकसय खेलाडीको सहभागिता रहने सदस्य–सचिव शर्माले जानकारी दिनुभयो । करीब रु ४० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा १५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !