८ बैशाख २०८१, शनिबार

टेस्ट क्रिकेटः बंगलादेशको ब्याटिङ गर्ने निर्णय


क्रिकेट

६ मङ्सिर, चटगाउँ, बंगलादेश । बंगलादेश र वेस्ट इन्डिजबीचको पहिलो पाँच दिवसीय टेस्ट क्रिकेट खेल बिहीबारदेखि चटगाउँको जहुर अहमद चौधरी रङ्गशालामा शुरु भएको छ ।

बंगलादेशका कप्तान शकिब अल हसनले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

यस खेलमा पहिलोपटक १७ वर्षीय अफ स्पिनर नयीम हसनले पनि खेल्दैछन् । बंगलादेशका तर्फबाट चारजना स्पिनरहरु शकिब, ताइजुल इस्लाम र मेहीदी हसनले पनि खेल्नेछन् ।

पहिले ब्याटिङ गरेको बंगलादेशले दिउँसोको भोजन सत्रसम्ममा २७ ओभरमा दुई विकेट गुमाई १०५ रन बनाएको छ । बंगलादेशका इमरुल कायास (४४) र सौम्य सर्कार (०) आउट भइसकेका छन् ।

अहिले क्रिजमा मोमिनुल हक व्यक्तिगत ५५ रन बनाएर खेलिरहेका छन् । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !