४ बैशाख २०८१, मंगलबार

प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताः सेमिफाइनका टिम तय


फुटबल

५ मङ्सिर, जिरी । दोलखाको सदरमुकाम चरिकोटमा जारी प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगितामा सेमिफाइनलका चार टिम तय भएका छन् ।

प्रतियोगितामा प्लानिङ ब्वाइज काँडाघारी भक्तपुर, एपिएफ, दीपशिखा नैकाप काठमाडौँ र दोलखा जिल्ला फुटबल सङ्घ सेमिफाइनमा पुगेका छन् । आज भएको क्वार्टर फाइनलमा प्लानिङ ब्याइज काडाँघारी भक्तपुर काभ्रे फुटबल सङ्घलाई ३–२ गोलअन्तरले हराउँदै सेमिफाइनमा पुगेको छ । यसअघि मङ्गलबार भएको पहिलोे खेलमा चितवन एघारलाई २–१ गोलअन्तरले हराउँदै एपिएफ सेमिफाइनमा पुगेको थियो ।

त्यसैगरी मङ्गलबार नै भएको दोस्रो खेलमा दीपशिखा नैकापले कुमारी फुटबल क्लब काठमाडौँ क्लबलाई ५–० गोलअन्तरले हराउँदै सेमिफाइनमा पुगेको थियो । सोमबार भएको क्वार्टर फाइनलमा दोलखा जिल्ला फुटबल सङ्घले सानो गौचारण काठमाडौँलाई ४–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो ।

शनिबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । दाहालको स्मृतिमा आयोजना गरिएको खेलमा विजेताले नगद रु दुई लाख ५० हजार र उपविजेताले रु एक लाख २५ हजार साथै शिल्ड तथा मेडल प्राप्त गर्नेछ । प्रतियोगितामा देशका विभिन्न क्लब तथा फुटबल सङ्घ गरी १२ टिमको सहभागिता छ । खेल मङ्सिर ७ गतेसम्म चल्ने छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !