७ बैशाख २०८१, शुक्रबार

खेलको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री विश्वकर्मा


jagat bishvakarma

१६ कात्तिक, स्याङ्जा । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेलको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । स्याङ्जाको स्वरेक मैदानमा बिहीबार आयोजित विश्कप प्याराग्लाइडिङ प्रतियोगिता शुभारम्भका क्रममा उहाँले नेपाली खेलाडीहरुले छोटो समयमै यस खेलको माध्यामबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएको चर्चा गर्नुभयो ।

राज्यले खेलाडीको संरक्षण गर्ने कार्यक्रम ल्याएको बताउँदै उहाँले नेपालमा विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताका साथै धेरै ठाउँमा अन्य साहासिक खेल खेल्न सकिने भएकाले प्रकृतिले दिएको उपहारलाई सक्दो सदुपयोग गरिनेमा जोड दिनुभयो । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका क्यानडालगायत २१ देशका करीब १०० भन्दा बढी खेलाडी सहभागी भएको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष एवं सचिवालय संयोजक अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ एकल र महिला तथा पुरुष गरी कूल चार इभेन्ट्सको खोल हुनेछ । भीरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदानमा बिहीबारबाट शुरु भएको प्रतियोगिता कात्तिक १८ गते वालिङ नगरपालिका–११ डौवाफाँटमा समापन हुनेछ । नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेन्चर क्लब जिल्ला समन्वय समिति संयोजकत्वमा सो प्रतियोगिता आयोजना गरिएको हो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !