८ बैशाख २०८१, शनिबार

सौगात र श्रवण प्रिक्वाटरमा


Nepalpatra

१३ कात्तिक, काठमाडौँ । नगबहालका सौगात शाक्य र श्रवण शाक्य १० औं यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिता–२०७५ को यु–१५ मा प्रिक्वाटरमा प्रवेश गर्न सफल भएका छन् ।

आज भएको खेलमा सौगातले दथुलंका रोजेश तण्डुकारलाई २१–४ र २१–१२ ले तथा श्रवणले अल्कोका नीर बज्राचार्यलाई २१–७ र २१–१९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । भिन्छेबहालका मौलिक बज्राचार्यले नागबहालका राहुल डङ्गोललाई २१–१५, २१–११ ले, नागबहालका नुजल शाक्यले दथुलंका दिप्लभ तण्डुकारलाई २१–७, २१–४ ले चाकुपाटका सुजल शाक्यले नागबहालका आयुष धाख्वालाई २१–७, २१–११ ले, नागबहालका आर्यन महर्जनले भिन्छेबहालका विशेष बज्राचार्यलाई २१–८, २१–११ ले पराजित गर्दै अन्तिम १६ प्रवेश गर्न सफल छन् ।

पाटन शङ्खमूलस्थित इलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगलतर्फ नागबहालका ससिन डङ्गोल र सुमित शाक्यको जोडी तथा चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडी अन्तिम १६ मा पुगेका छन् ।

डङ्गोल र शाक्यको जोडीले प्रयाग पोखरीका सुमल खड्गी र मनोज मानन्धरको जोडीलाई २१–१३, २१–१४ तथा ताम्रकारको जोडीले इखाछेंका जुवान तण्डुकार र रवीन्द्र बज्राचार्यको जोडीलाई २१–१०, २१–१८ को सोझो सेटमा पराजित गर्न सफल भए ।

ओकुबहालका उमित शाक्य र राजेश शाक्यको जोडीले दथुलंका मनोहर शाक्य र नवीन महर्जनको जोडीलाई २१–१८, २१–८ ले पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भए ।

दथुलंका राजु बज्राचार्य र सुमित महर्जनको जोडीले गुइटोलका सुमन डङ्गोल र कपिल महर्जनको जोडीलाई २१–४, २१–१० ले तथा प्रदीप शाक्य र जगदिश्वर महर्जनको जोडीले गुइटोलकै रिजन महर्जन र ईश्वर महर्जनको जोडीलाई २२–२४, २१–१७, २१–१४ ले, भिन्छेंबहालका सन्तआर बज्राचार्य र अनिल बज्राचार्यले चाकुपाटका राजन शाक्य र राजेश मलेगोको जोडीलाई २१–१९, २१–१७ ले पराजित गरे । त्यसैगरी नागबहालका विपीन शाक्य र सुसन शाक्यको जोडीले ओकुबहालका स्वदेश शाक्य र विक्रम शाक्यको जोडीलाई २१–१२, २१–१६ ले पराजित गरे । सुबहालका राजाबाबु महर्जन र राजेन्द्र महर्जनको जोडीले अग्निशालका सुरेश बस्नेत र अनुप बस्नेतको जोडीलाई १५–२१, २१–१२ र २१–१२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।

भेट्रान जोडीतर्फ नागबहालका सुमन शाक्य र रत्नकाजी शाक्य, दथुलंका राजेश महर्जन र सानुकाजी महर्जन तथा प्रदीप शाक्य र कृष्ण महर्जनको जोडी अन्तिम आठमा स्थान बनाउन सफल भए ।

शाक्य जोडीले चाकुपाटका मनिषबहादुर श्रेष्ठ र सुमन धाख्वाको जोडीलाई २१–१२, २१–१० ले, महर्जन जोडीले सासु नानीका रोशन शाक्य र अरुण शाक्यको जोडीलाई २१–९, २२–२० तथा शाक्य र महर्जन जोडीले तिचुगल्लीका विभूषण ताम्राकार र रुपेन राजकर्णिकारको जोडीलाई २१–१४, २१–१५ ले पराजित गरे ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !