६ बैशाख २०८१, बिहिबार

अर्जेन्टिनाको ओलम्पिक फुटबल टिम मेक्सिकोमा लुटियो


argentina-football-team

प्युबेला–ओलम्पिक खेलअघि अभ्यासका क्रममा मेक्सिकोमा रहेको अर्जेन्टिनाको ओलम्पिक फुटबल टिमले आफू बस्ने होटलबाट पैसा तथा केही विद्युतीय सामान लुटिएको जनाएको छ।

अर्जेन्टिना फुटबल एसोसिएसन एएफएका उपाध्यक्ष क्लाउडियो तापाइले बिहीबार सम्पन्न मेक्सिको विरुद्धको मैत्रीपूर्ण खेलपछि होटलका कोठामा पुग्दा आफ्नो टोलीको सामान लुटिएको थाहा पाएको बताए। उनले भने, ‘जब हामी खेलपछि राति ११ः३० मा होटल फर्कियौं, त्यसपछि मात्रै हामीले आफूहरुको लुटिएको थाहा पायौं।’

तर उनले कति रकम र के के सामान चोरिएको भन्ने विस्तृत बताएनन्। मेक्सिकन फुटबल एसोसिएसनले भने यस विषयमा आफूहरुले अनसुन्धान गरिरहेको जनाएको छ ।उनीहरुले होटलको सिसिटीभी फुटेजमा लुट्ने मानिसको पहिचान भैसकेको तर होटलले उनलाई भगाउन खोजेको आरोप लगाएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !