७ बैशाख २०८१, शुक्रबार

भेट्रान कप फुटबल आजदेखि


फुटबल

२८ साउन, काठमाडौँ । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

प्रतियोगितामा मोफसलका पाँचसहित १४ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक भरत थापाले जानकारी दिनुभयो । नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने छन् । खेल चाबहिलस्थित गणेशस्थानमा हुनेछ ।

प्रतियोगिता एसियन इन्टरटेन्मेन्ट एण्ड जुना फिल्मस्ले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता आगामी भदौ २ गतेसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुनेछन् । पहिलो खेल कलाकार भेट्रान र सजनस्मृति तथा दोस्रो खेल बनेपा र तुसालबीच हुनेछ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !