७ बैशाख २०८१, शुक्रबार

आईसिसीले बोलायो नेपाली क्रिकेट टोलीलाई बेलायत भ्रमणमा, १५ सदस्यीय टोलीको घोषणा


nepalcricket team

२० असार, २०७३:- स्कटल्याण्डको राजधानी इडनवर्गमा सम्पन्न आइसिसीको वार्षिक साधरणसभाले क्यानलाई निलम्बन गर्ने निर्णयको अनुमोदन भएसंगै नेपाली क्रिकेट टोलीलाई आइसिसीले बेलायत भ्रमणको लागी बोलाएको छ।
नेपाल क्रिकेट संध निलम्वित संगै अाईसिसीले नै खेलाडीको छनौट गर्ने गरेको छ जसअनुरुप यसपाला पनि आईसिसीले तोकेको छनौट समितले खेलाडिहरुको नाम घोषणा गरेको हो।

पारस खड्काको कप्तानीमा घोषित १५ सदस्यीय टोलीमा बिक्रम शोबले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

अन्य खेलाडीहरुमा भने सुवास खकुरेल र अनिल मण्डलले पुनरागमन गरेका छन् भने घोषित टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, राजु रिजाल र राजेश पुलामी मगर रहेका छन् ।
यसअघि टोलीमा रहेका ब्याट्सम्यान नरेश बुढायर र बलर सुशन भारी भने बाहिरिएका छन् ।

नेपाली टोली जुलाई १९ तारिखमा (साउन ४) बेलायतमा मेरिलोबोन क्रिकेट क्लब एमसीसीसँग प्रतिस्पर्धा गर्नेछ।नेपाली टोली ११ तारिखमा (असार २७) बेलायत जाने भएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !