१३ बैशाख २०८१, बिहिबार

विश्वविद्यालयस्तरीय प्रथम प्रधानमन्त्रीकपको आयोजना : राखेप


national-sports-council-nepal

१७ असार, २०७३:- काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद असार २७ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुष भलिबल र बास्केटबल तथा पुरुष÷महिला ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचालको प्रतिस्पर्धा हुनेछ ।

भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, बास्केटबल त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहल, ब्याडमिन्टन र बुद्धिचाल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर तथा टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।

तीनदिने प्रतियोगितामा विभिन्न आठ विश्वविद्यालयका २०८ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेप सदस्य गङ्गाबहादुर थापाको संयोजकत्वमा १६ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !