७ बैशाख २०८१, शुक्रबार

लियोनेल मेसिले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास


messi

१३ असार, २०७३:- अमेरिका, अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अन्तर्राट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन्। सोमबार बिहान मेटलाइफ स्टेडियममा सम्पन्न कोपा अमेरिकाको फाइनलका चिलीसँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भएसँगै मेसीले सन्यासको घोषणा गरेका हुन्।

मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनी टोलीले सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलमा जर्मनीसँग र गत बर्षको कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको थियो । त्यसअघि सन् २००७ को कोपा अमेरिकामा पनि अर्जेन्टिना फाइनलमै पराजित भएको थियो ।

आज बिहान चिलीबिरुद्धको फाइनलमा पराजित भएपछि अर्जेन्टिनी टेलिभिजनसँग कुरा गर्दै मेस्सीले भने, ‘इट्स अल ओभर, अर्जेन्टिनाका लागि मेरो करिअर यतिमै सकियो ।’ उनले थपे, ‘यो क्षण अत्यन्तै दुःखद छ ।’

२९ वर्षीय मेसीले सन् २००४ बाट अर्जेन्टिनाको यु-२० बाट खेल यात्रा सुरु गरेका थिए। उनले सन् २००५ मा अर्जेन्टिनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए। उनले सिनियर टोलीबाट १ सय १२ खेल खेल्दै ५५ गोल गरेका थिए।

यद्यपी उनले अर्जेन्टिनी फुटबल संघले आग्रह गरेको खण्डमा निर्णय परिवर्तन गर्न सक्ने संभावना कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !