१३ बैशाख २०८१, बिहिबार

चिलिले चुम्यो कोपा अमेरिकाको उपाधि


chile win

१३ असार, २०७३:- अमेरिका, कोपा अमेरिका फुटवलमा लगातार दोस्रो पटक अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा हराउँदै चिलीले कोपा अमेरिकाकाे उपाधि जितेको छ ।
नेपाली समयअनुसार सोमबार बिहान भएको खेलमा र्निधारित र अतिरिक्त दुवै समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

सुरुमा पेनाल्टी प्रहार गरेका चिलीका आर्टुरो भिडालको बल अर्जेन्टिनी किपरले रोके पनि अर्जेन्टिनाको लागि पहिलो पेनाल्टी प्रहार गरेको मेसीको बल पोष्ट बाहिर गयो त्यस्तै अर्जेन्टिनाका अर्का खेलाडी लुकास बिग्लियाले पनि पेनान्टिमा गोल गर्न सकेनन् र चिलिले ४-२ को अन्तर पार्दै कोपा अमेरिका फुटवलको उपाधि चुमेको हो।

अघिल्लो संस्करणमा पनि चिलिले पेनान्टि सुटआउट वाटनै अर्जेन्टिना लाई हराउदै उपाधि पाप्त गरेको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !