१३ बैशाख २०८१, बिहिबार

नेपालले जित्यो फुटभलीमा स्वर्ण : भारत २-० ले पराजित


Footvali

१२ असार, २०७३:- नेपालले भारतलाई तेश्रो दक्षिण एशियाली मैत्रीपूर्ण फुटभली च्याम्पियनसिमा २-० ले पराजित गर्दै स्वर्ण पदकका साथ ट्रफी हात पारेको छ ।

टोखास्थित भुतखेल मैदानमा भएको मैत्रीपूर्ण फुटभली प्रतियोगितामा नेपालले वेष्ट अफ थि्रको खेलमा २०-१८ र १८-१४ले भारतलाई पराजित गरेको हो ।

विच भलिबल जस्तै बालुवामा खेलिने खेलमा हातको सट्टा खुट्टाको प्रयोग गरिन्छ। १८ अंकमा खेल समाप्त हुने भएता पनि दुई अंकको फरक अनिवार्य हुन्छ।

दक्षिण एशियामा नौलो खेलको रुपमा रहेको फुटभली खेल ब्राजिलबाट सुरु भएको हो । उक्त खेललाई दक्षिण एशियामा विकास विस्तार गर्ने उद्धेश्यले नेपाल आएको दक्षिण एशियाली फुटभली महासंघका प्रतिनिधी तथा भारतीय फुटभली संघको टोलीले नेपालमा मैत्रीपूर्ण खेलको आयोजना गरेको हो ।

ओलम्पिकमा दर्ता रहेको यस खेललाई नेपालले २०७२ बैशाख १२ गते दक्षिण एशियाली फुटभली च्याम्पियनसिपको रुपमा आयोजना गरि सकेको छ भने थाईल्यान्डमा गत बैशाख ३० देखि आयोजना भएको एशियाली फुटभली च्याम्पियनसिपमा सहभागीता जनाई सकेको नेपाल फुटभली संघका अध्यक्ष मनिष ‘राम’ जोशीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !