
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको शल्यक्रिया भएको छ । क्रिकेटर लामिछानेको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा हिजो बुधबार शल्यक्रिया भएको हो।
अस्पतालका प्रबन्धक डा. अभिषेक राज सिंहका अनुसार लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको हो।
लामिछानेको शल्यक्रिया डा. दीपक शर्मा नेतृत्वको टोलीले गरेको डा सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। ‘सन्दीपले हालै सम्पन्न जय ट्रफी इलाइट कपमा वाग्मती प्रदेशको कप्तानी सम्हालेका थिए ।