१० चैत्र २०८१, आइतबार

एनपीएल : कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य


कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमामा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले १२९ रनको लक्ष्य दिएको छ ।

आज शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२८ रनको सामान्य लक्ष्य दिएको हो ।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अन्तिम ओभरमा बोसिस्टो विकास आग्रीबाट बोल्ड आउट भए ।

अर्जुन घर्ती २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रन बनाउदै रेमन सिमण्ड्सको बलमा आउट भए । ओपनर बाबर हायातले २२ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे ।

अर्का ओपनर देव खनाल ३ रन जोड्दै साद विन जाफरको बलमा पेभिलियन फर्किए । तेस्रो नम्बरमा ब्याटिङमा आएका चालडिक वाल्टन १३ रन जोड्दै तिलकराज भन्डारीको बलमा नै आउट भए ।

गुलसन झा ८ रन जोड्दै लुम्बिनीका कप्तान गुलशन झाको बलमा विकेटकिपर अर्जुन साउदबाट क्याच भए । कप्तान सोमपाल कामी २ बलमा ७ रन बनाउँदै विकास आग्रीबाट आउट भए ।

लुम्बिनीका लागि यसै खेलबाट एनपिएल डेब्यु गरेका विकास आग्रीले अन्तिम ओभरमा ३ विकेट लिए । तिलक राज भन्डारीले २ तथा साद विन जाफर र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए ।

कर्णालीले ५ खेलमा ६ अंक जोडेको छ । प्रतियोगिताको प्लेअफ यात्रा बलियो बनाउन कर्णाली आज जितको दबाबमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !