१३ बैशाख २०८१, बिहिबार

समूह चरणबाटै बाहिरिएपछि रुसका प्रशिक्षकले दिए राजीनामा


leonid-slutsky

७,असार २०७३:-युरोकप फुटबलको समूह चरणबाटै बाहिरिएपछि रुसका प्रशिक्षकले राजीनामा दिएका छन् । सोमबार राति भएको खेलमा वेल्ससँग ३–० ले हारेपछि रुसले समूह बीको पुछारमा रहँदै युरोकपको यात्रा टुंग्यायो ।

टिम समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षक लियोनिड स्लट्स्कीले राजीनामा दिने निर्णय गरेका हुन्। उनी गएको वर्षको अगस्टमा रुसी टिमको प्रशिक्षकमा नियुक्त भएका थिए । उनको प्रशिक्षणमा रुसी टिमले युरोकपमा इंग्ल्याण्डसँग बराबरी खेल्नु नै राम्रो प्रदर्शन रह्यो।
रुस स्लोभाकियासँग पनि पराजित भएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !