७ बैशाख २०८१, शुक्रबार

फ्रान्स र स्विजरल्याण्ड नकआउट चरणमा प्रवेश


६,असार काठमाडौं- युरो कप २०१६ अन्तर्गत गएराती सम्पन्न खेलमा आयोजक फ्रान्स समूह ए को विजेता र स्विजरल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन्, फ्रान्सले खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न सकेन र स्विजरल्याण्डसँग गोलरहित बराबरी खेल्यो। यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको फ्रान्स यो बराबरीपछि तीन खेलबाट ७ अकंसहित विजेता बन्दा स्विजरल्याण्ड ५ अकं जोड्दै दोस्रो स्थानमा छ।

अर्को खेलमाअल्बानियाले भने रोमानीयालाई पराजित गर्दै समूहको तेस्रो स्थानमा रहँदै नकआउट चरण पुग्ने सम्भावना कायमै राखेको छ, अल्बानीयाले रोमानीयालाई १-० गोलले पराजित गरेको छ। खेलको ४३औं मिनेटमा गोल गर्दै स्किुडाले अल्बानीयालाई १-० को अग्रता दिलाएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र अल्बानीयाले ऐतिहासिक जित हात पार्न सफल भयो।

यस पटकको युरोकपबाट समूह चरणमा तेस्रो स्थानमा रहने टोलीले पनि उत्कृष्टताको आधारमा नकआउट चरणमा प्रवेश पाउने भएपछि तीन खेलबाट ४ अकं जोडेको अल्बानीयाको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायमै रहेको हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !