१३ बैशाख २०८१, बिहिबार

एसिया कपमा छनोट क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय


नेपाली क्रिकेट खेलाडी

काठमाडौँ । सरकारले एसिया कप खेल्न छनोट भएको नेपाली क्रिकेट टीमका खेलाडीहरुलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

आज बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

यसैगरी बैठकले एसिसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललार्ई जनही ३ लाख प्रोत्साहनस्वरुप उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !