७ बैशाख २०८१, शुक्रबार

राशिदको कीर्तिमान तोड्दै सन्दीपले बनाए ओडिआईमा सबैभन्दा छिटो १०० विकेटको विश्व कीर्तिमान


सन्दीप लामिछाने खुशीयाली

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछाने ओडिआई इतिहासमा सर्वाधिक छिटो १०० विकेट पूरा गर्ने खेलाडी बनेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको एसिसी प्रिमियर कपमा ओमानविरुद्ध अदिल शफिकलाई आउट गर्दै ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाएका हुन् ।

लामिछानेले आज बिहीबार आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानका राशिद खानको कीर्तिमान तोड्दै सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाएका हुन् ।

सन्दीपले ४२ खेलमा १०० विकेट लिएका छन् । यसअघि उक्त कीर्तिमान अफगानिस्ताका स्पिनर रसिद खानको नाममा थियो । राशिदले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए । उक्त कीर्तिमान तोड्दै सन्दीप अव ओडिआईमा सर्वाधिक छिटो ४२ बलमा१०० विकेट लिने पहिलो खेलाडी बनेका हुन् ।

सन्दीपले नामिबियाविरुद्ध १४, नेदरल्यान्ड्सविरुद्ध ४, ओमानविरुद्ध १०, पीएनजीविरुद्ध २५, स्कटल्यान्डविरुद्ध १०, यूएईविरुद्ध २२ र अमेरिकाविरुद्ध १५ विकेट लिएका छन् ।

सन्दीपले आईसीसी क्रिकेट विश्वकप लिग–२ मै ७३ विकेट लिइसकेका छन् । यस प्रतियोगितामा धेरै विकेट लिनेमा सन्दीप दोस्रो स्थानमा छन् । ओमानका विलाल खानले ७६ विकेट लिएका छन् ।

सन्दीपपछि नेपालबाट ओडिआईमा सर्वाधिक विकेट सोमपाल कामीले लिएका छन् । सोमपालले ४४ खेलमा ६१ विकेट लिएका छन् । करण केसीले ३८ खेलमा ५६ विकेट लिएका छन् । अन्य नेपाली बलरले ओडिआईमा ५० माथि विकेट लिन सकेका छैनन् ।

सन्दीप लामिछाने खुशीयाली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !