६ बैशाख २०८१, बिहिबार

आइसीसी लिग–२ : यूएईविरुद्ध नेपाललाई पाँचौं सफलता


नेपाललाई पाँचौं सफलता

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत नेपाललाई पाँचौं सफलता प्राप्त भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई पाँचौं विकेट दिलाएका हुन् ।

बिहान साढे ९ बजेदेखि नेपाल र यूएईबीच खेल जारी खेलमा नेपालले बलिङ गरिरहेको छ । ३८ ओभरको खेल सकिँदा पाहुना टोली यूएईले ५ विकेटको क्षतिमा १७६ रन बनाएको छ ।

नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ । आजको खेल जितेमा नेपाललाई विश्वकपमा प्रवेशका लागि बाटो खुल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !