८ बैशाख २०८१, शनिबार

नेपाली क्रिकेट टीमलाई हौसला दिन प्रधानमन्त्री प्रचण्ड पुगे क्रिकेट मैदान


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली क्रिकेट टीमलाई हौसला दिन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेपाल र युएईबीचको खेलमा नेपाली खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका हुन् । साथै उनले नेपाल र युएईबीचको खेल पनि अवलोकन गरेका छन् ।

विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले पनि नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना दिइरहेका छन् । पूर्वप्रधानमन्त्री समेत नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई विश्वकपमा प्रवेशका लागि सफलताको शुभकामना दिएका छन् ।

आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान साढे ९ बजेदेखि नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच खेल जारी रहेको छ । आजको खेल जितेमा नेपाललाई विश्वकपमा प्रवेशका लागि बाटो खुल्नेछ ।

आजको खेलमा जित निकाले नेपालले लिग-२ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । यसअघि नेपालले शीर्ष चारमा पक्का गरिसकेको छ । लिग-२ मा नेपल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथाे स्थानमा छ ।

युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ । नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ । आजको खेल जितेमा नेपाललाई विश्वकपमा प्रवेशका लागि बाटो खुल्नेछ ।

यो पनि पढ्नुहोस्

नेपाललाई विश्वकपमा प्रवेशका लागि ओलीले दिए सफलताको शुभकामना

विश्वकप लिग-२ : यूएईले टस जितेर ब्याटिङ रोज्यो, बलिङ गर्दै नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !