१२ बैशाख २०८१, बुधबार

सन्दीपले नेपालका लागि लिए दोस्रो विकेट


सन्दीप लामिछाने फाइल फोटो

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलामा यूएईविरुद्ध फिल्डिङ गरिरहेको नेपालका लागि स्पिनर सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन् ।

सन्दीपले १३.४ आभेरमा ३८ बलमा १८ रन बनाएर खेलिरहेका वृत्या अरविन्दलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका हुन् । टस जितेर फिल्डिङ गरिरहेको नेपाललाई पहिलो ओभर बलिङ गरेका करण केसीले पाँचौं बलमा कुनै रन नदिई घरेलु टिमका ओपनर मुहम्मद वासिमलाई बोल्ड गरेका थिए ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालमा नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले यूएईलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।यूएईले १४ आभेर सकिँदा दुई विकेट गुमाएर ५३ रन बनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !