१३ बैशाख २०८१, बिहिबार

स्पट फिक्सिङको आरोप लागेका तीनै जनालाई धरौटीमा छाड्न आदेश


जिल्ला अदालत काठमाडौं

काठमाडौं । जिल्ला अदालत काठमाडौंले स्पट फिक्सिङ आरोप लागेर पक्राउ परेका तीनै जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

आज बुधबार भएको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्तालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

५ जनालाई प्रतिवादी बनाइएपनि २ जना फरार रहेका छन् । प्रतिवादी बनाइएका नवीन कँडेल र रवि माझी भने फरार अभियुक्तकै रूपमा छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ७ विदेशी र ५ नेपालीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न राय दिएको थियो । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नेपालीलाई मात्र मुद्दा दर्ता गरेको थियो ।

उनीहरूविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१ अनुसारको खेलमा मिलोमतो तथा अनियमितता गरेको भन्दै दफा ३३ बमोजिमको सजाय माग गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !