६ बैशाख २०८१, बिहिबार

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किए सन्दीप लामिछाने


सन्दीप लामिछाने फाइल फोटो

काठमाडौँ । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश गरेपछि उनी बन्द प्रशिक्षणका लागि त्रिवि क्रिकेट मैदान पुगेका हुन् ।

क्यानले बिहीबार लामिछानेलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश गरेको थियो । क्यानको खेलाडी छनोट समितिले लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

क्यानले मंगलबार लामिछानेको निलम्बन फुकुवा गरेसँगै आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय सिरिजका लागि पुनः राष्ट्रिय टीममा परेका थिए । लामिछानेको राष्ट्रिय टिममा आवश्यक परेको हुनाले उनलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

लामिछानेलाई क्यानले गत भदौ २३ गते निलम्वन गर्ने निर्णय गरेको थियो । क्यानको कार्यसम्पादन समितिको बैठकले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।

यस्तै लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । आज शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो । लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !