८ बैशाख २०८१, शनिबार

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश फुयाँलको एकल इजलासमा


सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ हुँदै छ । लामिछानेको मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्चमा शुक्रबार हुने सुनुवाई न्यायाधी फुयाँलको इजलासमा तोकिएको हो । लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको थियो ।

उच्च अदालत पाटनको २० लाख धरौटीमा लामिछानेलाई छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएको थियो । एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका लामिछानेलाई उच्च अदालतले जिल्ला अदालतको पुर्पक्षमा थुनामा राख्ने आदेश उल्ट्याएको थियो ।

गत पुस २८ गते उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालतको आदेशअनुसार लामिछाने पुस २९ गते केन्द्रीय कारागर सुन्धाराबाट रिहा भएका थिए ।

उच्च अदालतले लामिछानेलाई नेपाल बाहिर जान नमिल्ने र वाग्मती प्रदेश बाहिर जान पनि प्रहरीलाई जानकारी दिएर मात्र जान मिल्नेसहित अन्य शर्तहरु राख्दै धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । महान्यायाधिवक्ता कार्यलयले उच्च अदालतको सो आदेश उल्टाई जिल्ला अदालतकै आदेश सदर गर्न माग गर्दै रिट निवेदन दिएको दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !