१३ बैशाख २०८१, बिहिबार

अदालतद्वारा सर्तसहित सन्दीपलाई रिहाईको आदेश, नत्र फेरि कारागार पठाइने (पूर्णपाठसहित)


सन्दीप लामिछाने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको छ । उच्च अदालतले सर्तसहित सन्दीपलाई रिहाईको आदेश दिएको हो ।

अदालतको सर्त उल्लंघन गरेमा सन्दीपलाई पुनः कारागारमा पठाउन सकिने समेत आदेशमा उल्लेख गरिएको छ । उच्च अदालत पाटनले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश आज बदर गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले आज बिहीबार लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो । उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालतले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नुपर्ने भएकाले लामिछाने आज रिहा नभएका हुन् । यद्यपि उच्च अदालतले क्रिकेटर लामिछानेलाई विदेश जान नपाउने पनि आदेश दिएको छ ।

अदालतको आदेशअनुसार सन्दीपले मुद्दाको अन्तिम फैसला नभएसम्म काठमाडौं छाड्न पनि अनुमति लिनुपर्ने भएको छ । विदेश जान रोक लगाएको अदालतले उनको राहदानी पनि रोक्का गर्न सरकारलाई आदेश दिएको छ ।

यस्तै लामिछानेले पीडितको परिवारलाई कुनै पनि तरिकाले सम्पर्क गर्न नपाउने भएका भने जाहेरवालासँगको सम्बन्धका बारेमा कुनै पनि सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा टिका-टिप्पणी गर्न पनि नपाउने भएका छन् ।

त्यस्तै उनले काठमाडौं छाड्नुपरे जिल्ला प्रहरी कार्यालयलाई लिखित जानकारी गराउनुपर्ने, जाने र फर्किने मिति पनि खुलाउनुपर्ने आदेशमा उल्लेख गरिनुका साथै प्रहरीले सन्दीपको फोन पनि गोपनीयता भंग नहुने गरी निगरानीमा राख्न अदालतले आदेश दिएको छ ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनले बलात्कार आरोप लगाउने युवती नाबालिक नभएको जिकिरसहि उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

यस्तो छ हेर्नुहोस् उच्च अदालत पाटनले दिएको आदेश

यो पनि पढ्नुहोस्

आखिर अदालतले रिहा गर्ने आदेश दिएपनि आज किन छुटेनन् सन्दीप ?

२० लाख धरौटी बुझाएर क्रिकेटर सन्दीप लामिछाने भोलि छुट्ने

अन्तत: रिहा हुने भए क्रिकेटर सन्दीप लामिछाने, तर विदेश जान रोक

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !