२४ माघ २०७९, मंगलबार

पब्जी ग्लोवल च्याम्पियनसिपमा नेपाल दोस्रो


काठमाडौँ । पब्जी मोबाइल ग्लोवल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले सामाजिक संजालमार्फत नेपाल दोस्रो भएको जानकारी दिएका हुन् ।

पब्जी मोबाइल ग्लोवल च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता हासिल गर्दै बिश्व च्याम्पियनसिपमा दोस्रो भएको हो । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

नेपाली पब्जी डिआरएस गेमिङले दोस्रो भएर २ लाख ९२ हजार अमेरिकी डलर रुपैया जितेको छ । मेयर शाहले यो कुनै पनि नेपाली खेलकुदमा सबैभन्दा ठूलो सफलता भएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !