१३ बैशाख २०८१, बिहिबार

बार्सिलोनाले ४६ करोड जरिवाना तिर्ने


barcilona

जेठ ३२ – बार्सिलोना फुटबल क्लबले नेइमारको कर छली सम्बन्धी विषयमा ४३ लाख अमेरिकी डलर (झण्डै ४६ करोड नेपाली रुपैयाँ) जरिवाना तिर्ने भएको छ । सन् २०१३ मा नेइमारलाई अनुबन्ध गर्नेक्रममा कर छली भएको स्वीकार गर्दै बार्सिलोना जरिवाना तिर्न तयार भएको हो । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले अनुबन्धको क्रममा कर योजनामा केही कमजोरी भएको स्वीकार गरे । यसअघि कर छलीको कुरा बार्सिलोनाले अस्वीकार गर्दै आएको थियो ।

नेइमार र उनका बुवामाथि पनि कर छलीको आरोप लागेको छ । तर उनीहरुले पनि आरोप अस्वीकार गर्दै आएका छन् । बार्सिलोनाले स्वच्छिक रुपमा सन् २०१४ मा १३.५ मिलियिन युरो कर तिरेको थियो । नेइमार सन् २०१३ को जुनमा सान्टोसबाट बार्सिलोना आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !