७ बैशाख २०८१, शुक्रबार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले १९२ रनको लक्ष्य पायो


अन्तर्राष्ट्रिय क्रिकेट

काठमाडौँ । युएईले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै उक सय ९१ रन बनायो । युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै अलिशन शराफुले ३५, भ्रित्य अरबिन्दले २५, बसिल हामिदले २४, कप्तान सिपी रिजवानले २२ तथा विष्णु शुकुमारनले १५ रन बनाए । युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र ललित राजवंशीले सम्मान ३÷३ विकेट लिए भने करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । तीन खेलको सिरिजमा युएई १–० ले अघि रहेको छ । युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !