६ बैशाख २०८१, बिहिबार

पाकिस्तानलाई हराउँदै इङ्ल्यान्डले जित्यो १२ वर्षपछि विश्वकप


इङ्ल्यान्डले जित्यो विश्वकप

काठमाडौँ । पाकिस्तानलाई हराउँदै इङ्ल्यान्डले १२ वर्षपछि विश्वकप जितेको छ । पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै इंग्ल्याण्डले दोस्रो पटक १२ वर्षपछि आईसीसी टी–२० विश्वकपको उपाधि जितेको हो ।

सन् २०१० पछि इंग्ल्यान्डले दोस्रो पटक टि–२० विश्वकप उपाधि जितेको हो । आज आइतबार मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा परेको थियो । यसअघि सन् २०१६ मा इंग्ल्याण्ड फाइनलमा पुगेतापनि वेष्टइन्डिजसँग ४ विकेटले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो ।

यता १३ वर्षपछि विश्वकपको फाइनलमा पुगेको पाकिस्तानको उपाधि उचाल्ने सपना तुहिएको छ । सन् २००९ पछि पहिलो पटक फाइनलमा पुगेको पाकिस्तान इंग्ल्याण्डसँग पराजित भएसँगै दोस्रो पटक उपाधि उचाल्ने सपना अधुरै रहेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !