विश्व खेलकुद अमेरिकाको बर्मिङ्घममा शुरु Nepalpatra विश्व खेलकुद अमेरिकाको बर्मिङ्घममा शुरु
८ आश्विन २०७९, शनिबार

विश्व खेलकुद अमेरिकाको बर्मिङ्घममा शुरु


विश्व खेलकुद

वासिङ्टन । विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ ।

एक सय भन्दा बढी देश र यस क्षेत्रका ३,६०० खेलाडीहरूले जुलाई ७ देखि १७ सम्म विभिन्न ३४ खेल प्रतियोगितामा सहभागिता जनाउँने छन् ।

जम्मा २२३ पदका लागि ती खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् जसमा एयर स्पोर्ट्स, वाटरस्की र वेकबोर्ड, उसु, फ्लाइङ डिस्क, फ्ल्याग फुटबल लगायतका खेलहरू समावेश गरिएको छ ।

अन्तरराष्ट्रिय विश्व खेल संघद्वारा आयोजित र अन्तरराष्ट्रिय ओलम्पिक समितिद्वारा समर्थित यो विश्व खेलकुद ११ दिनसम्म जारी रहने अन्तरराष्ट्रिय स्तरको एक बहु-खेल प्रतियोगिता हो ।

यो प्रतियोगिता ग्रीष्मकालीन ओलम्पिक खेलहरूपछि सान्ता क्लारामा पहिलो संस्करणबाट सन् १९८१ देखि आयोजना हुँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !