११ बैशाख २०८१, मंगलबार

आइसिसीद्वारा क्यानमाथि लागेको सबै प्रतिबन्ध फुकुवा


क्यान

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालमाथि लागेको सबै प्रतिबन्ध फुकुवा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आईसीसीले क्यानमाथि लागेको सबै प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको हो ।

आईसीसीले हिजो सोमबार क्यानलाई पत्र पठाउँदै नेपालमाथि लागेको कन्ट्रोल फन्डिङ् पूर्ण रुपमा हटाइसकेको र अब उप्रान्त अन्य एक दिवसीय मान्यता प्राप्त एसोसिएट देशहरुले सरह नेपालले पनि आर्थिक अनुदान र र गतिविधि गर्न पाउने क्यानद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।

आइसिसीले क्यानलाई कन्ट्रोल फन्डिङमा (आर्थिक नियन्त्रण) मा राखेको थियो । यद्यपि निलम्बन फुकुवा गरेपछि क्यानलाई आइसिसीले आर्थिक मापदण्ड पालना गर्नुपर्ने शर्त राखेको थियो । आर्थिक पारदर्शिता गर्नका लागि शर्त राखेको आइसिसीले जेठ ३० गते इमेल पठाउँदै कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाइएको जानकारी गराएको थियो ।

आइसिसीले सबै प्रतिबन्ध फुकुवा अबदेखि अन्य एकदिवसीय मान्यता प्राप्त एसोसिएट देशसरह क्यानले आइसिसीबाट आर्थिक अनुदान र गतिबिधि गर्न पाउनेछ । आर्थिक पारदर्शितामा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनको आधारमा आईसीसीले फुकुवा गरेको हो ।

यस्तो छ हेर्नुस् क्यानले निकालेको प्रेस विज्ञप्ति

क्यानले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !