१३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेता सञ्जु मृत फेला Nepalpatra १३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेता सञ्जु मृत फेला
२१ आश्विन २०७९, शुक्रबार

१३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेता सञ्जु मृत फेला


सञ्जु चौधरी

काठमाडौँ । स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन् । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता चौधरी आज मंगलबार मृत भेटिएकी हुन् ।

एसियाली खेलकुदको तयारीका क्रममा रहेकी भारोत्तोलन खेलाडी चौधरी ललितपुरको महालक्ष्मी नगरपालिका-९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।

चौधरी आज बिहान बन्द कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ । घटनाको प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएपनि अहिलेसम्म घटनास्थलमा सुसाइड नोट भने नभेटिएको प्रहरीले बताएको छ ।

बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी घर भएकी सन्जुले सन् २०१९ को डिसेम्बरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् ।

उनी सलले पासो लागेको अवस्थामा मृत फेला परेकी हुन् । प्रहरीले उक्त घटनाको जाँच मुचुल्का बनाएर शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !