६ बैशाख २०८१, बिहिबार

जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिजमा नेपाल विजयी


नेपाल विजयी

काठमाडौं । जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय सिरिजमा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले जिम्बावे ‘ए’ लाई पराजित गरेको हो ।

आज सोमबार भएको सिरिजको अन्तिम खेलमा ६ विकेटको सहज जित निकाल्दै नेपालले सिरिज आफ्नो हातमा पार्न सफल भएको हो । जिम्बावे ‘ए’ले जितका लागि दिएको २१४ रनको लक्ष्य पछ्याएको नेपालले ३१ ओभर १ बलमा ४ विकेट गुमाउँदै २१४ रन बनायो ।

पहिलोपल्ट टेष्ट राष्ट्रको ‘ए’ टिमसँग खेलेको नेपालले पहिलो शृंखलामै ऐतिहासिक विजय हासिल गरेको हो । टेस्ट राष्ट्र जिम्बावेको ए टोलीलाई तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा पराजित गर्दै नेपालले एकदिवसीय सिरिज २-१ ले जितेको हो ।

नेपालले जिम्बावे ए लाई ६ विकेटले पराजित गरेको हो । वर्षाका कारण ३३ ओभरमा छोट्याइएको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले सानदार अर्धशतकीय योगदान गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !