६ बैशाख २०८१, बिहिबार

प्रशिक्षक अल्मुताईरीले बोलाए थप १४ जना नयाँ खेलाडीलाई प्रशिक्षणमा


अब्दुल्ला अल्मुताइरी फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले खेलाडीसँगको विवादपछि थप १४ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

एएफसी एसियन कप छनोट लागि तयारी बन्द प्रशिक्षणमा खेलाडीसँगको विवादपछि १२ जना खेलाडीले क्याम्प नै छोडेर गएका थिए ।

बन्द प्रशिक्षणमा प्रशिक्षकसँग खटपट हुँदा १२ जना खेलाडी राति नै होस्टेल छोडेर गएका थिए । अल्मुताइरीले त्रिभुवन आर्मी क्लबका पाँच जना खेलाडीसहित १४ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !