७ बैशाख २०८१, शुक्रबार

तस्बिरमा हेरौं नेपालले टी-२० क्रिकेट श्रृङ्खलाको उपाधि चुम्दाका खुसियाली


उपाधि चुम्दाका खुसियाली

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले जितेको छ । दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको हो ।

ऐरीले अविजित ५४ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेटसमेत लिए । केसीले अविजित ३३ रनको योगदान दिनुका साथै पपुवा न्युगिनीका तीन खेलाडीलाई पवेलियन फर्काए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अद्र्धशतकीय पारी खेले । उनले ५४ रन बनाउने क्रममा ३८ बलको सामना गर्दै पाँच चौका प्रहार गरे । यस्तै करन केसीले १२ बलको सामना गर्दै एक छक्का र पाँच चौका प्रहार गरे । आशिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहमद आदिल आलमले १५ रन बनाए ।

बलिङतर्फ पपुवा न्युगिनीका सेमो कमेआले तीन तथा चाड सुपर, कबुवा मोरिआ र रिले हेकुरेले एक एक विकेट लिए । १६९ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनीको पारी ११८ रनमा समेटियो ।

नेपाल, पपुवा न्युगिनी र मलेसिया सहभागी त्रिकोणात्मक टी–ट्वान्टी श्रृङ्खलाको ‘प्लेयर अफ दी सिरिज’ नेपालका ऐरी घोषित भए । उनले प्रतियोगिता अवधिभर पाँच खेलमा २५५ रन बनाउनुका साथै सात विकेटसमेत लिए । ऐरी आजको फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ समेत भए ।

आज फाइनलमा पीएनजीलाई हराएसंगै नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको हो । नेपाली टोलीका कप्तान लामिछानेलाई फाइनलमा सुखद नतिजा हासिल भएर घरमै उपाधि रहेको हो ।

उपाधि चुम्दाका खुसियालीउपाधि चुम्दाका खुसियालीउपाधि चुम्दाका खुसियालीउपाधि चुम्दाका खुसियालीउपाधि चुम्दाका खुसियालीउपाधि चुम्दाका खुसियालीउपाधि चुम्दाका खुसियालीउपाधि चुम्दाका खुसियालीनेपाली क्रिकेट टीमउपाधि चुम्दाका खुसियाली उपाधि चुम्दाका खुसियाली उपाधि चुम्दाका खुसियाली

तस्वीर सौजन्य : क्यान (नेपाल क्रिकेट संघ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !