७ बैशाख २०८१, शुक्रबार

रमेश सिलवालको कार्यसम्पादनको फाइल मगाउन सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवालको कार्यसम्पादनको फाइल मगाउन आदेश दिएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको इजलाशले सरकारद्वारा मुल्यांकन गरिएको सिलवालको कार्यसम्पादनको फाइल मगाउने आदेश दिएको हो ।

तत्कालिन सदस्य-सचिव सिलवालले कार्यसम्पादन गर्न नसकेको आरोपसहित पदमुक्त गर्दै गत मंसिर १३ गते टंकलाल घिसिङलाई नयाँ सदस्य सचिव नियुक्त गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !