१३ बैशाख २०८१, बिहिबार

अन्तरपालिका सरोकार केन्द्र फुटसल कपमा सिरीजंगाको सेमिफाइनसम्मको यात्रा


सिरीजंगा फुटसल टीम

काठमाडौँ । ताप्लेजुङ्ग सरोकार केन्द्र, काठमाडौंद्वारा उपत्यकामा रहने ताप्तेजुङ्गबासी खेलाडीहरुबीच अन्तरपालिका स्तरीय दोस्रो सरोकार केन्द्र फुटसल कप प्रतियोगिता हिजो चैत ५ गते काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका, ज्ञानेश्वरस्थित प्राइम फुटसल ग्राउण्डमा खेलप्रेमीहरुको भव्य उपस्थितिमा सम्पन्न भयो ।

सो प्रतियोगितामा ताप्लेजुङ्ग जिल्लाका पालिकाहरुका बीच प्रतियोगिता सम्पन्न भएको हो । यस प्रतियोगितामा सिरीजंघा गाउँपालिकासहितका१३ वटा टिमहरुको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा सिरीजंगा गाउँपालिका फुटबल टिमले सिदिङ्वा र फक्तालुङ गाउँपालिका फुटवल टिमलाई हराउंदै सेमिफाइनलसम्मको यात्रा सम्पन्न गर्यो । सेमिफाइनलमा सिरीजंगा टिम मिक्माखोलासंग १ का विरुद्ध २ भई हार ब्यहोर्नु परेको थियो । मिक्माखोल ए र मैवाखोला ए क्रमश: बिजेता र उपबिजेता भएकाले बिजेता र उपबिजेतालाई सिरिजंगा सरोकार समाज, नेपालको तर्फवाट हार्दिक बधाई ज्ञापन गरिएको थियो ।

यस प्रतियोगितामा सिरिजंगा गाउँपालिका टिमको व्यवस्थापन तथा टिम म्यानेजर सिरिजंगा सरोकार समाज, नेपालका अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईले गरेका थिए ।

यस प्रतियोगिमा यस सिरिजंगा गाउँपालिका टिमको संयोजन, परिचालन तथा व्यवस्थापनका लागि खेवाङ स्पोटिङ क्लव, मामाङ्खे समाज, नेपाल, यालुङ समाज, एक्सिस लिगल सर्भिस् एण्ड कन्सल्टेसी प्रा.लि. लगायतका संघ-संस्थाहरुको सक्रिय सहयोग तथा सह-संयोजनमा ऐतिहासिक सशक्त सहभागिता रहन पुगेको थियो ।

यस अवसरमा यस सिरिजंगा गाउँपालिका टिममा रहेर सशक्त रुपमा खेल खेल्ने खेलाडीहरुलाई यस सिरिजंगा सरोकार समाज, नेपालले एकमुष्ट रुपमा हार्दिक धन्यवादसहित आभार व्यक्त गरेको छ ।

छोटो समयमा पनि खेलाडीहरुले देखाएको सशक्त प्रहार खासगरी फक्तालुङ गाउँपालिका टिमलाई शुन्यका विरुद्ध ६ गोलअन्तरले हराउँदै इतिहास रच्न पुगेको र सेमिफाइनमा यालु्रङ गाउँपालिका टिमसँग सशक्त खेल प्रस्तुतीलाई जति तारिफ गरेपनि अपुरो नै रहने हुँदा सिरीजंगाका खेलाडीहरुलाई हार्दिक बधाई सिरिजंगा सरोकार समाज, नेपालका अध्यक्ष भट्टराईले दिएका छन् । खेलाडीहरुले खेल जित्नु मात्र उद्देश्य नभई कला देखाउने विधा भएकोले सो उद्देश्य हासिलका लागि सिरिजंघा टिम सफल भएको अध्यक्ष भट्टराईले बताए ।

साथै, यस प्रतियोगितामा सिरिजंगा गाउँपालिका टिमलाई प्रत्यक्ष तथा परोक्ष रुपमा सल्लाह, सुझाव तथा विभिन्न रुपमा सहयोग गर्ने सम्पूण महानुभावहरु, सिरिजंगाबासी, तालेजुङवासी, देश-विदेशमा रही सहयोग गर्ने सिरिजंगावासी, शुभचिन्तक, सिरिजंघा सरोकार समाजकाप दाधिकारी तथा सदस्यहरु, आजीवन तथा अन्य सदस्यहरु लगायत सम्पूण र्व्यक्तित्वहरुमा यस सिरिजंगा सरोकार समाज, नेपालको अध्यक्ष तथा टिम म्यानेजनको हैसियतले एकमुष्ट धन्यवादसहित कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा थप सहयोग र सल्लाहको आशा भट्टराईले राखेका छन् ।

साथै, कोभिड-१९ का विभिन्न भेरियन्टको महामारीको विषम परिस्थितिमा पनि धैर्य र साहसका साथ दोस्रो फुटसल प्रतियोगिता सहजपूर्ण तरिकाले सम्पन्न गरेकोमा आयोजक संस्था ताप्तेजुङ सरोकार केन्द्रलाई विशेष धन्यवाद दिनुका साथै आगामी दिनमा खेलको पारदर्शिता विश्वासनीयताका लागि थप सजगता रहनुपर्ने जसले आत्मियता र भाइचारमा थप बल मिल्ने समेत सुझाव सिरिजंगा सरोकार समाज, नेपालका अध्यक्ष भट्टराईले दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !