८ बैशाख २०८१, शनिबार

आईसीसी टी-२० विश्वकप छनोट: नेपालसँग ओमान ३९ रनले पराजित


आईसीसी टी-२० विश्वकप

काठमाडौं । आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो ।

टस जितेर ओमानले ब्याटिङका लागि निम्त्याएपछि नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाएका थिए । यस्तै, लोकेश बम र सन्दीप लामिछानेले समान १६–१६ रन बनाए ।

नेपालका पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । नेपालको स्कोर मात्र ६ रन हुँदा पहिलो विकेट गुमेको थियो । ओपनर आशिफ शेख मात्र चार रनमा आउट भए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !