८ बैशाख २०८१, शनिबार

वाटफोर्डका मुख्य प्रशिक्षक क्लाउडियो रेनेरी बर्खास्त


इंग्लिस प्रिमियर लिगको क्लब वाटफोर्डका मुख्य प्रशिक्षक क्लाउडियो रेनेरी बर्खास्त भएका छन् ।

वाटफोर्डले रेनेरीलाई अनुबन्ध गरेको साढे तीन महिनामा नै बर्खास्त गरेको हो । ७० वर्षीय रेनेरीको प्रशिक्षणमा वाटफोर्डले १३ लिग खेल खेल्यो । त्यसमध्ये दुई खेल मात्र जितेको थियो ।

गएको शनिबार राति नर्विच सिटीसँग ३–० ले पराजित भएपछि वाटफोर्ड रेलिगेसन क्षेत्रमा झरेको छ । वाटफोर्ड रेलिगेसनमा क्षेत्रमा झरेको जारी सिजन यो पहिलोपटक हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !