१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधि एपीएफलाई


प्रधानमन्त्री कप टी-२० क्रिकेट

काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै पाँच लाख नगदको उपाधि जितेको हो ।

उपविजेता पुलिसले तीन लाख प्राप्त गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १५८ रनको लक्ष्य पछ्याएको पुसिलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !