४ बैशाख २०८१, मंगलबार

सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप: नेपालको लगातार दोस्रो जित


सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप:

काठमाडौं । नेपाली भलिबल टोलीले एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फलगातार दोस्रो जित निकालेको छ । बंगलादेशको ढाकामा जारी खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो ।

शुक्रबार भएको एकपक्षीय जस्तै बनेको खेलमा साविक विजेता नेपालले माल्दिभ्सलाई २५-११, २५-९, २५-५ सेटमा हरायो । दुई जितपछि नेपाल ५ अंक जोडेर अंक तालिकामा शीर्ष स्थानमा छ । स्रोतका अनुसार नेपालले अब शनिवार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !