७ बैशाख २०८१, शुक्रबार

क्रिकेटको मुख्य प्रशिक्षकमा पूर्वप्रशिक्षक पुवुदुलाई नियुक्त गर्ने क्यानको तयारी


पुवुदु दसानायके

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा पुवुदु दसानायकेलाई नियुक्त गर्ने तयारी गरेको छ । क्यान विशेष स्रोतका अनुसार पुवुदुलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने तयारी भएको जानकारी दिए ।

नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षक समेत रहेका पुवुदुलाई दोस्रो कार्यकालको लागि नियुक्त गरिने तयारी गरिएको हो । उनी सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेका थिए ।

नेपाली क्रिकेट टोलीलाई वर्तमान अवस्थामा ल्याउन पुवुदुको ठूलो योगदान रहेको छ । पुवुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरिने तयारी भएसंगै नेपाली क्रिकेटका प्रशंशक र क्रिकेट खेलाडीहरुमा खुशीयाली छाएको छ ।

पुबुदु प्रशिक्षक भएको बेला नेपालले सन् २०१४ मा आईसीसी ट्वान्टी-२० विश्वकप खेलेको थियो । क्यानडा र अमेरिकाको प्रशिक्षकका रूपमा काम गरिसकेका पुबुदु प्रशिक्षकको रुपमा राम्रो अनुभव छ ।

नेपाली क्रिकेटका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन भएको थियो । मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गर्दा ६० जनाले आवेदन दिएकोमा पहिलो चरणमा १५ जनाको नामलाई छानेर ५ जनाको अन्तर्वार्ता लिइएको छ ।

क्यान स्रोतका अनुसार ५ जना प्रशिक्षकमा मोन्टी देशाई, पुवुदु दसानायके, असन्था गुरुसिंगे, रुवान काल्पेज र ग्रान्ट ब्राडवर्न रहेका छन् । क्यानले यि ५ जनामध्ये पुवुदुलाई मुख्य प्रशिक्षक नियुक्ति गर्ने तयारी गरिएको हो ।

दसानायकेलाई नेपालका एक सफल प्रशिक्षकको रुपमा लिइन्छ । दासानायकेले नेपालबाहेक क्यानाडा र अमेरिकाको मुख्य प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । यसअघि पुबुदुको प्रशिक्षकमा नेपालले क्रान्तिकारी परिवर्तन ल्याएको थियो ।

सन् २०१४ मा नेपालले पहिलो पटक टि२० विश्वकप खेलेको थियो । नेपाली क्रिकेटलाई नजिकबाट निहाली रहेका पुबुदुलाई ल्याउँदा नयाँ फड्को मार्न सक्ने क्यानले आशा राखेको छ । पुबुदु नेपाल आउन पनि धेरै इच्छुक देखिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !