पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टि-२० विश्वकपको फाइनलमा प्रवेश Nepalpatra पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टि-२० विश्वकपको फाइनलमा प्रवेश
१४ मंसिर २०७८, मंगलबार

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टि-२० विश्वकपको फाइनलमा प्रवेश


पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टि-२० विश्वकपको फाइनलमा प्रवेश

काठमाडौं । पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टि-२० विश्वकप २०२१ को फाइनलमा प्रवेश गरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आज बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । अष्ट्रेलियाको जितमा मार्कोस स्टोइनिसले नटआउट ४० रन र म्याथ्यु वेडले नटआउट ४१ रन जोडेका थिए ।

अष्ट्रेलियालाई अन्तिम १२ बलमा २२ रन आवश्यक परेकोमा १९ औं ओभरमा शाहिन शाह अफ्रिदीलाई म्याथ्यु वेडले अन्तिम तीन बलमा लगातार छक्का प्रहार गर्दै खेल जिताएका थिए ।

अव उपाधिका लागि अष्ट्रेलियाले आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । अष्ट्रेलिया दोस्रो पटक टि-२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो । यसअघि अष्ट्रेलिया २०१० को फाइनलमा इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !