७ बैशाख २०८१, शुक्रबार

न्युजिल्याण्ड इतिहासमै पहिलोपटक पुग्यो टी-२० विश्वकपको फाइनलमा


न्युजिल्याण्डका क्रिकेट खेलाडीहरु

काठमाडौँ । न्युजिल्याण्ड पहिलोपटक आइसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । न्युजिल्याण्डले इंग्ल्यान्डलाई हराउँदै पहिलोपटक टि-२० विश्वकपको फाइनलमा पुगेको हो ।

हिजो बुधबार राती शेख जायद क्रिकेट स्टेडियममा भएको टि-२० विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड पहिलोपटक फाइनलमा प्रवेश हरेको हो ।

न्युजिल्याण्डले अब दोस्रो सेमिफाइनलमा जित निकाल्ने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल आज बिहीबार पाकिस्तान र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन् ।

न्युजिल्याण्डले उपाधिको लागि आइतबार अष्ट्रेलिया वा पाकिस्तानमध्ये एउटा टीमसँग फाइनलमा प्रतिस्पर्धा गर्ने भएको हो । न्युजिल्याण्डले जितको लागि १६७ रनको विजयी लक्ष्य १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

न्युजिल्याण्ड ओपनर ड्यारल मिचेलको अर्धशतकको योगदानवाट इतिहासमै पहिलोपटक टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो । न्युजिल्याण्डका लागि मिचेलले ४७ बलमा ४ चौका र ४ छक्का सहित ७२ रनमा अविजित रहँदै फाइनलमा पुर्याए ।

न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि न्युजिल्यान्ड सन् २००७ र २०१६ को संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो । सन् २०१६ को सेमिफाइनलमा न्युजिल्यान्ड इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !