१३ बैशाख २०८१, बिहिबार

मुख्य प्रशिक्षक अल्मुताइरीले एन्फासंग गरे २०२४ सम्म सम्झौता


अब्दुल्ला अल्मुताइरी फाइल फोटो

काठमाडौं । नेपााली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सन् २०२४ सम्म सम्झौता गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन् २०२४ सम्मका लागि सम्झौता भएको हो ।

तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेसंगै अब उनी सन् २०२४ सम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहनेछन् । अलमुताइरीले असोज २७ गते बुधबार माल्दिभ्समा बंगलादेशविरुद्धको खेलपछिको पत्रकार सम्मेलनमा साफ च्याम्पियनसिपपछि राजीनामा दिने घोषणा गरेर च्याम्पियनसिपपछि उनी नेपाल नआई सोझै कुवेत फर्किएका थिए ।

तर अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार पुगेर भेट्नुका साथै कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि मुख्य प्रशिक्षक अम्मुताइरी नयाँ सम्झौताका लागि सहमत भएका हुन् ।

साफ च्याम्पियनसिपअघि नेपाल छाडेका प्रशिक्षक गत साता नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि पहिलोपटक अब्दुल्लाह आफैँले आह्वान गरेको पत्रकार सम्मेलनमा आज मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीका टिम व्यवस्थापक मधुसुदन उपाध्यायले नेपालको जर्सीसहित उनीसँग २०२४ सम्मका लागि सम्झौता भएको जानकारी दिए ।

नेपाली राष्ट्रिय टोलीसँगको नयाँ सम्झैतापछि आफू खुसी भएको बताउँदै अब्दुल्लाहले आफ्नो कार्ययोजना समेत पत्रकार सम्मलेनमार्फत पेस गरेका छन् ।परीक्षण काल पूरा गरेको भन्दै मुख्य प्रशिक्षक अल्मुताइरीले मिलेर फुटबल विकासमा काम गर्न चाहेको बताए ।

यो पनि पढ्नुहोस्

फेरियो अलमुताइरीको बोली, नेपालसँग फेरि जोडिन तयार !

साफ च्याम्पियनसिप फाइनल : नेपालविरुद्ध भारतको सानदार जित

साफ च्याम्पियनसिप : फाइनल खेलमा प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध

नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिपपछि राजीनामा दिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !