१३ बैशाख २०८१, बिहिबार

फेरियो अलमुताइरीको बोली, नेपालसँग फेरि जोडिन तयार !


अब्दुल्लाह अलमुताइरी रवी लामिछानेसंग भएको कुराकानी

काठमाडौँ । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकवाट राजीनामा दिएका अब्दुल्लाह अलमुताइरीको बोली फेरि एकाएक फेरिएको छ ।

ग्यालेक्सी फोर के टेलिभिजनवाट प्रशारण हुने कार्यक्रम सिधा कुरा जनतासँग प्रस्तोता रवी लामिछानेसँग भिडियो कुराकानी गर्दै अलमुताइरीले नेपाली फुटबल राष्ट्रिय टोलीसँग फेरि जोडिन आफू तयार रहेको स्पष्ट बताएका छन् ।

उनले भनेका छन्, ‘नेपाल मेरो मुटुमा छ, नेपाल मेरो मुटुवाट हट्ने छैन, नेपालले मलाई धेरै दियो ।’ उनले थप कुराकानीमा बताएका छन्, ‘मलाई धेरै ठाउँवाट प्रस्ताव आइरहेको छ । यदि नेपालले मलाई राख्ने हो भने मलाई प्रस्ताव आउनुपर्यो । नेपालमा काम गर्न मलाई कुनै आपत्ति छैन ।’

बुधबार माल्दिभ्समा बंगलादेशविरुद्धको खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिपपछि राजीनामा दिने बताएका थिए । उनले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताएका थिए ।

उनको मुख्य प्रशिक्षणमा नेपालले ऐतिहासिक सफलता हासिल गर्दै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको थियो । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको थियो ।

साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपाली राष्ट्रिय फुटबल टीमको सपना अधुरै रहेको छ भने नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकवाट राजीनामा दिएका अब्दुल्लाह अलमुताइरीको बहिर्गमन वियोगान्तमा अन्त्य भएको छ ।

साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतसँग पराजित भएपछि उपाधि जित्ने नेपालको सपना पूरा हुन नसकेको हो । साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको नेपाल भारतसँग ३–० गोलले पराजित भएपछि उपाधि जित्ने सपना चकनाचूर भएको हो ।

शनिबार राती माल्दिभ्सको राजधानी मालेमा भएको साफको उपाधि भिडन्तमा नेपाललाई ३-० गोलले पराजित गर्दै भारतले आठौं पटक उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।

यसअघि नै फाइनल खेल आफ्नो लागि अन्तिम हुने घोषणा गरेका अलमुताइरी आजको खेलमा प्रतिबन्धका कारण नेपालको ‘टेक्निकल एरिया’ मा उपस्थित हुन सकेनन् । नेपालका लागि उनको अन्तिम खेलमा खेलाडीले जित हासिल गर्न नसकेकोले अलमुताइरीको बहिर्गमन सुखद हुन सकेन् ।

यो पनि पढ्नुहोस्

साफ च्याम्पियनसिप फाइनल : नेपालविरुद्ध भारतको सानदार जित

साफ च्याम्पियनसिप : फाइनल खेलमा प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध

नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिपपछि राजीनामा दिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !