४ बैशाख २०८१, मंगलबार

उपाधि जित्ने नेपालको सपना अधुरै, अलमुताइरीको बहिर्गमन वियोगान्त


नेपाली राष्ट्रिय फुटबल टीम र अब्दुल्लाह अलमुताइरी

काठमाडौँ । साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपाली राष्ट्रिय फुटबल टीमको सपना अधुरै रहेको छ भने नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकवाट राजीनामा दिएका अब्दुल्लाह अलमुताइरीको बहिर्गमन वियोगान्तमा अन्त्य भएको छ ।

साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतसँग पराजित भएपछि उपाधि जित्ने नेपालको सपना पूरा हुन नसकेको हो । साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको नेपाल भारतसँग ३–० गोलले पराजित भएपछि उपाधि जित्ने सपना चकनाचूर भएको हो ।

आज शनिबार राती माल्दिभ्सको राजधानी मालेमा भएको साफको उपाधि भिडन्तमा नेपाललाई ३-० गोलले पराजित गर्दै भारतले आठौं पटक उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

खेलको दोस्रो हाफमा भारतका कप्तान सुनिल क्षेत्रीले भारतलाई खेलको ४९ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा ५० औँ मिनेटमा सुरेश सिंहले भारतको लागि दोस्रो गोल गरेका थिए । एक मिनेटको अन्तरमा भारतले दुई गोल गर्दै अग्रता लिएको थियो ।

त्यस्तै खेलको दोस्रो हाफमा भारतले तेस्रो गोल गरेको थियो । खेलको इन्जुरी समयमा सहाल अब्दुद समादले तेस्रो गोल गर्दै भारतलाई सानदार जित दिलाएका हुन् ।

बुधबार ऐतिहासिक सफलता हासिल गर्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको थियो । माल्दिभ्समा भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको थियो ।

यसअघि नै फाइनल खेल आफ्नो लागि अन्तिम हुने घोषणा गरेका अलमुताइरी आजको खेलमा प्रतिबन्धका कारण नेपालको ‘टेक्निकल एरिया’ मा उपस्थित हुन सकेनन् । नेपालका लागि उनको अन्तिम खेलमा खेलाडीले जित हासिल गर्न नसकेकोले अलमुताइरीको बहिर्गमन सुखद हुन सकेन् ।

यो पनि पढ्नुहोस्

साफ च्याम्पियनसिप : फाइनल खेलमा प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध

साफ च्याम्पियनसिप फाइनल : भारतले गर्यो नेपालविरुद्ध तेस्रो गोल

साफ च्याम्पियनसिप फाइनल : भारतले गर्यो नेपालविरुद्ध दोस्रो गोल

साफ च्याम्पियनसिप फाइनल : भारतले गर्यो नेपालविरुद्ध पहिलो गोल

साफ च्याम्पियनसिप : फाइनल खेलमा प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध

नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिपपछि राजीनामा दिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !