७ बैशाख २०८१, शुक्रबार

साफ च्याम्पियनसिप फाइनल : भारतले गर्यो नेपालविरुद्ध तेस्रो गोल


भारत विजयी फाइल फोटो

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ को फुटबल फाइनल खेलमा भारतले नेपालविरुद्ध तेस्रो गोल गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी खेलको दोस्रो हाफमा भारतले तेस्रो गोल गरेको हो ।

यसअघि खेलको दोस्रो हाफमा ५० औँ मिनेटमा सुरेश सिंहले भारतको लागि दोस्रो गोल गरेका थिए । यस्तै खेलको दोस्रो हाफमा भारतका कप्तान सुनिल क्षेत्रीले भारतलाई खेलको ४९ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एक मिनेटको अन्तरमा भारतले दुई गोल गर्दै अग्रता लिएको हो ।

पहिलो हाफको खेलमा नेपाल र भारत दुवै टिमको तर्फवाट कुनै पनि गोल हुन सकेन् । पहिलो हाफमा वर्षाका कारण दुवै टीमका खेलाडीले खुलेर खेल्न सकेनन् । नेपालका गोलकिपर किरण चेम्जोङले राम्रो प्रदर्शन गर्दै नेपाललाई गोल हुनवाट बचाएका थिए ।

यो पनि पढ्नुहोस्

साफ च्याम्पियनसिप फाइनल : भारतले गर्यो नेपालविरुद्ध दोस्रो गोल

साफ च्याम्पियनसिप फाइनल : भारतले गर्यो नेपालविरुद्ध पहिलो गोल

साफ च्याम्पियनसिप : फाइनल खेलमा प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !