१२ बैशाख २०८१, बुधबार

साफ च्याम्पियनसिप फाइनल : आज उपाधिका लागि नेपाल र भारत भिड्दै


नेपाली फुटबल टीम

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज शनिबार नेपाल र भारत भिड्दै छन् । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि नेपाल र भारतबीचको फाइनल खेल आज शनिबार नेपाली समय अनुसार राती पौने ९ बजे शुरु हुनेछ ।

बुधबार ऐतिहासिक सफलता हासिल गर्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको थियो । माल्दिभ्समा भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको थियो ।

नेपाल साफ च्याम्पियनसीप-२०२१ को फाइनल खेल पहिलो पटक खेल्ने भएको हो । बङ्ग्लादेशसँग बराबरी खेलेपछि नेपालले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित बनाएको हो ।

राउण्ड रोबिन लिगअन्तर्गतको आजको खेलमा १० खेलाडीमा सीमित रहेको बङ्गलादेशसँग नेपालले १–१ गोलको बराबरी खेल खेलेको हो । मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा खेलको नवौँ मिनेटमा बङ्गलादेशका सुमन रिजाले गोल गरेर आफ्नो देशलाई अग्रता दिलाएका थिए ।

नेपालका लागि अञ्जन विष्टले दोस्रो हाफको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएका थिए । नेपाल फाइनलमा पुगेको छ भने बंगलादेश समूह चरणबाटै बाहिरिएको छ ।

यस्तै बुधबार राति बी भएको खेलमा भारतले माल्दिभ्सलाई ३–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको छ । भारतका लागि कप्तान सुनील क्षेत्रीले २ गोल र मनवीर सिंहले १ गोल गरेका थिए । त्यस्तै माल्दिभ्सका लागि अली अस्फाकले १ गोल गरेका थिए । जितसँगै भारत ८ अंकसहित शीर्ष स्थानमा रह्यो भने नेपाल ७ अंकसहित दोस्रो स्थानमा छ ।

साफ च्याम्पियनसिप २०२१ को फाइनलमा नेपालले शनिबार साफ च्याम्पियनसिपमा सबैभन्दा सफल सात पटकको विजेता भारतको खेल खेल्दैछ भने नेपाल पनि पहिलोपटक उपाधी जित्ने रणनीतिका साथ उत्रने भएसंगै खेलमा कडा प्रतिस्पर्धा हुने भएको हो । साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यो पनि पढ्नुहोस्

इतिहासमा नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिपपछि राजीनामा दिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !