१३ बैशाख २०८१, बिहिबार

नेपालविरुद्ध भारत विजयी, अझै शीर्ष स्थानमै नेपाल कायम


सुनिल क्षेत्री फाइल फोटो

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ को तेस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोली भारतसँग पराजित भएको छ । खेलको ८२ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गरेपछि नेपाल १-० ले पराजित हुन पुगेको हो ।

माल्दिभ्सको राजधानी मालेमा जारी खेलको दोस्रो हाफमा क्षेत्रीले पहिलो गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा नेपालमाथि १-० गोल गर्दै भारत विजयी भएको हो ।

नेपाल हारेपनि २ खेलमा ६ अंकसहित शीर्षस्थानमा कायम रहेको छ । ३ खेलमा ६ अंकसहित माल्दिभ्स दोस्रो स्थानमा रहेको छ । ३ खेलमा ५ अंकसहित भारत तेस्रो स्थानमा जोडेको र ३ खेलमा ४ अंकसहित बंगलादेश चौथो स्थानमा रहेको छ ।

अव बुधबार दिउँसो ४:४५ बजे अन्तिम चरणको खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध जित वा बराबरीको खेलेमा पनि फाइनलमा प्रवेश गर्नेछ ।

नेपाल बंगलादेशसँग पराजित भएको खण्डमा भने प्रतियोगिताबाट बाहिरिनेछ । नेपालले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेपछि भारत र माल्दिभ्सको विजेता फाइनल प्रवेश गर्नेछ । बराबरीले माल्दिभ्स फाइनल पुग्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !